+
+
Shares

गोदावरीमा साढे ५१ करोड बढी लागतमा फोहोरमैला व्यवस्थापन केन्द्र

कुल लागत ५१ करोड ६९ लाख ७४ हजार ४ सय ९९ रुपैयाँको परियोजनामा ७५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी) को ऋण अनुदान र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानीबाट काम भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साढे ५१ करोड रुपैयाँको लागतमा गोदावरी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र उद्घाटन गरियो।
  • उपप्रधानमन्त्री प्रकाशमान सिंहले केन्द्रको उद्घाटन गरे र यसको सञ्चालन ३ वर्षसम्म कम्पनीले गर्नेछ।
  • केन्द्रले फोहोर वर्गीकरण गरी कुहिने फोहोरबाट मल उत्पादन र नोकिहने फोहोरबाट वस्तु बिक्री गर्नेछ, जसले वातावरणीय र आर्थिक लाभ पुर्‍याउनेछ।

२२ जेठ, काठमाडौं । कैलालीको गोदावरी नगरपालिकामा साढे ५१ करोड रुपैयाँभन्दा बढी लागतमा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज बिहीबार उक्त केन्द्र उद्घाटन गरे ।

गोदावरी नगरपालिका–३ चौकीडाँडामा बनेको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको सिंहले उद्घाटन गरे । कुल लागत ५१ करोड ६९ लाख ७४ हजार ४ सय ९९ रुपैयाँको परियोजनामा ७५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी) को ऋण अनुदान र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानीबाट काम भएको हो ।

सहरी विकास मन्त्रालयका अनुसार फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चीनको सिचुवान प्रोभिन्सियल जिओलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो ।

करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहने छ । उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौता गरिएको छ ।

फोहोरको वर्गीकरण

केन्द्रमा संकलित फोहोर वर्गीकरण गरिने छ । कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरिने छ भने नवीकरण गर्न सकिने फोहोरलाई कवाडीमा बिक्री गरिने जनाइएको छ ।

कुहिने फोहोरबाट मलखाद बनाउनुका साथै नकुहिने तर पुनः प्रयोग गर्न सकिने वस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोत समेत गोदावरी नगरपालिका नगर प्रमुख वीरेन्द्र भट्टले बताए ।

यसबाट वातावरणीय प्रदूषण न्यूनीकरण हुने र स्थानीय किसानलाई जैविक मल प्राप्त हुने सहरी विकास मन्त्रालयले जनाएको छ । क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका अनुसार स्थानीय रोजगारी प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको केन्द्रमा ४० भन्दा बढीले रोजगारी पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?