+
+
Shares

नेप्से घटे पनि हाइड्रोपावरमा आकर्षण, बढ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेप्से परिसूचक बिहीबार ५.९९ अंक घटेर २६४० मा कायम रह्यो।
  • कारोबार रकम ७ अर्ब ९७ करोड पुगेको छ भने धेरै कम्पनीको मूल्य घट्यो।
  • हाइड्रोपावर समूहले आकर्षण देखाएको छ र केही कम्पनीको मूल्य १० प्रतिशतभन्दा बढी बढ्यो।

२२ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४० अंकमा कायम भएको छ ।

बजारको अंक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ५ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९७ करोडको भयो । ९४ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने एउटाको स्थिर रह्यो ।

धेरैजसो सेक्टरका सूचक घट्दा पनि हाइड्रोपावरमा आकर्षण देखिएको छ । यो सूचक १.१३ प्रतिशत बढ्यो । त्यस्तै लगानी समूह ०.०३ प्रतिशत बढ्यो भने अरु सबै घटेका छन् ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०४ प्रतिशत घट्यो । बैंकिङ ०.४३, विकास बैंक ०.२८, फाइनान्स ०.५६, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.१२, अन्य ०.६७ तथा व्यापार ०.८५ प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । रिभर फल्स पावर, बुटवल पावर, पियोर इनर्जी र बरुण हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ९.५०, राधि विद्युत्को ७.५६, एसियन हाइड्रोको ७.३१, उपकार लघुवित्तको ६.५४, युनिभर्सल पावरको ६.४४ तथा दोर्दीखोला हाइड्रोपावरको ५.१० प्रतिशत बढ्यो ।

अघिल्लो दिनसम्म १० प्रतिशत बढेको ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य आज ९.३० प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ३.९०, सुपर माइ हाइड्रोपावरको ३.५५ तथा जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ३.४७ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, ङादी ग्रुप, अरुण काबेली क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?