
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘पिताम्बर’को दोस्रो श्रृंखला घोषणा भएको छ र ५१ दिन मनाएको समारोहमा निर्माता र कलाकारहरूले यसको घोषणा गरे।
- फिल्मले २०८१ सालको चैत २९ गतेदेखि प्रदर्शन गरी ४ करोड ५६ लाख रुपैयाँ कमाएको छ र दोस्रो श्रृंखला ल्याउने तयारी भइरहेको छ।
- निर्देशक कृषा चौलागाईंले सबैको सहयोगले यो सम्भव भएको बताउँदै, आगामी फिल्ममा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौं । फिल्म ‘पिताम्बर’को दोस्रो श्रृंखला घोषणा भएको छ । ५१ दिन मनाउन आयोजित समारोहमा निर्माताले भाग २ ल्याउने घोषणा गरे ।
प्रदीप खड्का स्टारर यो फिल्मले कलाकार र प्राविधिकलाई सम्मान गर्दै विहिबार ५१ दिन मनाएको छ । उक्त समारोहमा दोस्रो श्रृंखला ल्याउने घोषणा भएको हो ।
२०८१ सालको चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्मले रञ्जना सिनेप्लेक्स र बीग मुभिजमा ५१ दिन मनाएको हो ।
सरकारको आधिकारिक बक्सअफिसमा विहिबार बेलुका ५ बजेसम्म यो फिल्मले ४ करोड ५६ लाख रुपैयाँ कमाएको छ ।
कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, छायांकार तथा सह–निर्माता पुरुषोत्तम प्रधान, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही, प्रमोद अग्रहरि लगायतको उपस्थिती थियो ।
कार्यक्रममा बोल्दै निर्देशक चौलागाईंले सबैको साथ र सहयोगले आज यो सम्भव भएको बताइन् । उनले ‘पिताम्बर’ ‘सोचदेखि सम्भव’सम्मको यात्रा रहेको सुनाइन् । यो फिल्ममा भएका कमीकमजोरीलाई सच्याएर अर्को फिल्ममा अझै बुलन्द काम गर्ने प्रतिवद्धता कृषाले व्यक्त गरिन् ।
यो फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारको पनि अभिनय छ ।
प्रतिक्रिया 4