+
+
Shares

उपेन्द्र यादव बर्दियामा, जिल्ला अधिवेशनको उदघाटन सत्र सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनता समाजवादी पार्टी, नेपालले बर्दिया जिल्लाको प्रथम अधिवेशनको उद्घाटन गरेको छ।
  • अधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव र केन्द्रीय नेताहरू सहभागी भएका थिए।
  • अधिवेशनले लुम्बिनी प्रदेशलाई प्राथमिकता दिएर संगठन निर्माणलाई अघि बढाएको छ।

२२ जेष्ठ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल बर्दिया जिल्ला कार्यसमितिको एकताको प्रथम अधिवेशनको उद्घाटन गरेका छन् । मधेश आन्दोलन लगायत अन्य ज्ञात अज्ञात शहीदलाई सम्झदै पानसमा बत्ति बालेर अधिवेशनको खुला सत्रको उद्घाटन भएको छ ।

अधिवेशन सत्रको उदघाटन गर्न जसपा नेपालको केन्द्रीय नेतृत्व बिहिबार दिउँसो नेपालगञ्जबाट गुलरियाको लागि प्रस्थान गरेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ ।
नेपालगञ्ज पछि पश्चिम नेपालको बर्दिया जिल्लामा पनि बलियो पकड बनाउँदै गएको जसपा नेपालको केन्द्रीय नेतृत्वले अधिवेशनको खुला सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

जसपा नेपालले लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर संगठन निर्माण अभियानलाई पछिल्लो समय झन प्रभावकारी ढंगले अघि बढाउँदै गएको सचिवालयले जनाएको छ ।

अधिवेशनमा उद्घाटन समारोहको प्रमुख वक्ता रहेका अध्यक्ष यादवसँगै जसपा नेपालका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी र केन्द्रीय सचिव कमरुद्दीन राईन, केन्द्रीय सदस्य सिपी सिंह, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव लगायतका केन्द्रीय नेतृत्व गुलरिया पुगेको छ ।

भोलि शुक्रबार जिल्ला अधिवेशन उदघाटन गर्न अध्यक्ष यादवसहित जसपा नेपालको केन्द्रीय नेतृत्व कपिलबस्तु प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बुधबार मात्रै अध्यक्ष यादवले नेपालगञ्जमा बाँके जिल्लाको अधिवेशन सत्रलाई उदघाटन गरेका थिए । कपिलबस्तुको जिल्ला अधिवेशन उदघाटन गरेर अध्यक्ष यादव काठमाडौं फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?