+
+
Shares

पालिकाका उपप्रमुखहरुको विराटनगर सम्मेलन आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते ८:३८

२३ जेठ, विराटनगर । पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा हुँदैछ । भोलिसम्म सञ्चालन हुने सम्मेलनमा २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरु सहभागी हुनेछन् ।

सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेश प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका जनप्रतिनिधिहरु सहभागी छन् ।

वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उदघाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

सम्मेलनमा न्याय प्रणालीमा विवाद निरुपण गर्न न्यायिक समितिका संयोजक एवं पदाधिकारीहरुमा चाहिने ज्ञान, सीप तथा कार्य दक्षता सम्बन्धी काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

यसैगरी वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका तथा प्रयास सम्बन्धी डा. गोपी खनालले र स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिका सम्बन्धी रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

विराटनगर घोषणापत्र जारी गर्दै शनिबार सम्मेलन समापन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?