+
+
Shares

एनओसी शाखामा विद्यार्थीको नाराबाजी : हाम्रो बाटो नछेक

‘हाम्रो बाटो नछेक। एनओसी हाम्रो अधिकार हो । शिक्षा हाम्रो अधिकार हो,’ विद्यार्थीहरूले नारा लगाउँदै एनओसी खोल्न माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्रोत अनुसार, दक्षिण कोरियाको डी–२ र डी–४ भिसाका अध्ययन अनुमति पत्र (एनओसी) स्थगित भएपछि विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।
  • सरकारले विश्वविद्यालयको कालोसूचीमा राखिएको कारण एनओसी रोकिएको हो, उच्च शिक्षा महाशाखाले छानबिन समिति बनाएको छ।
  • अदालतले निवेदकको हकमा मात्र एनओसी दिन भनेको भए पनि, अन्य विद्यार्थीहरूको हकमा स्थगित रहेको छ।

२३ जेठ, काठमाडौं। दक्षिण कोरियाको लागि डी–२ र डी–४ भिसाको अध्ययन अनुमति पत्र (एनओसी) स्थगित भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । शुक्रबार सानोठिमीस्थित एनओसी शाखामा पुगेर विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।

‘हाम्रो बाटो नछेक। एनओसी हाम्रो अधिकार हो । शिक्षा हाम्रो अधिकार हो,’ विद्यार्थीहरूले नारा लगाउँदै एनओसी खोल्न माग गरेका छन् ।

गत २८ वैशाखमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियाको लागि डी–२ र डी–४ भिसाको लागि अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने निर्णय गरेको थियो । यसको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

सरकारको निर्णयको विरुद्ध केही विद्यार्थी सर्वोच्च अदालत गएका थिए । तर अदालतले निवेदकको हकमा मात्र एनओसी दिनु भनेकाले ८ जनालाई दिइएको अरुको हकमा स्थगित यथावत रहेको एनओसी शाखाले जनाएको छ ।

‘विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन्। हामीले केही गर्न सक्ने स्थिति छैन। अदालतले निवेदकको हकमा भनेको मात्र दिन भनेको हो,’ शाखा प्रमुख उत्तम आचार्यले भने ।
विद्यार्थीहरू कोरियामा डी–२ र डी–४ भिसामा अन्डर ग्र्याजुयट अध्ययन गर्न जाने गरेका छन् ।

यो भिसामा गएका विद्यार्थीहरू कोरिया सरकारले नै कालोसूचीमा राखेको विश्वविद्यालयमा आवेदन दिने गरेको पाइपछि एनओसी स्थगित गरेको हो । मन्त्रालयले अध्ययन अनुसन्धान गर्न उच्च शिक्षा महाशाखा बैकुण्ठ अर्यालको संयोजकत्वमा छानबिनसमिति बनाइएको छ।

समितिले छानबिन गरेर प्रतिवेदन तयार पारेपछि मात्र एनओसी खोल्ने वा के गर्ने निर्णय हुने मन्त्रालयले जनाएको छ । विद्यार्थी र कन्सल्टेन्सीहरूले भने एनओसी खोल्न दबाब दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?