+
+
Shares

‘यो मन त मेरो नेपाली हो’को टिजरमा नेपाली एकताको कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक भयो, जसले नेपाली संस्कृति र एकता दर्शाउँछ।
  • फिल्ममा विजय बराल, बुद्धि तामाङ लगायत कलाकारले अभिनय गरेका छन् र भुटानी शासकको अत्याचारलाई चित्रण गर्दछ।
  • छायांकन झापा, इलाम, भारत र अमेरिकामा गरिएको छ, जसले नेपाली राष्ट्रियता र पहिचानको कथा सुनाउँछ।

काठमाडौं । विजय बरालको शीर्ष भूमिका रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी र सन्देशमूलक टिजर सार्वजनिक भएको छ । भुटानी शासकबाट लखेटिएका नेपालीको आँखाबाट भनिएको कथाले नेपाली संस्कृति र भावनात्मक एकताको कथा भन्छ ।

फिल्ममा विजयसहित बुद्धि तामाङ, विल्सनविक्रम राई, आयुशा समला, रोशन श्रेष्ठ, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौलाको अभिनय छ ।

मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानबहादुर प्रधानले निर्माण गरेका हुन् । मित्र प्रधानको निर्देशन रहेको फिल्मको पटकथा शिवम अधिकारीले लेखेका हुन् ।

भुटानबाट लेखिटएका नेपालीले नेपालीपनभित्र खोजेको राष्ट्रियता र पहिचानको कथा यसमा छ । नेपालसहित अमेरिकामा पनि छायांकन गरिएको फिल्मले भुटानी शासकको अत्याचारलाई चित्रण गर्छ ।

फिल्मको छायांकन झापा, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बंगाल र अमेरिकामा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?