+
+
Shares

वाईसीएलको नयाँ नेतृत्वमा सहमति जुटाउन साँझ ६ बजेसम्मको समयसीमा

१३ जनाबाट घटेर अध्यक्षको आकांक्षी ३ मा पुगे

आकांक्षीहरुसँग पार्टी उपमहासचिव बस्नेत र संगठनका इञ्चार्ज दीपशिखाले संवाद गरिरहेका छन् । पार्टी सचिवालय बैठकले सर्वसम्मतबाट नेतृत्व ल्याउन सुझाव दिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माआवादी केन्द्रले वाईसीएलको नयाँ नेतृत्वमा सहमति जुटाउन प्रयास गरिरहेको छ।
  • सम्मेलन आज चाबहिलमा सारिएको र अध्यक्ष पदमा सहमति खोजिँदैछ।
  • उम्मेदवारको अन्तिम नामावलीको समय साँझ ५ः२० बजे तय गरिएको पनि मतदानको समय भने कार्यतालिकामा छैन।

२३ जेठ, काठमाडौं । नेकपा माआवादी केन्द्रले योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्वमा सहमति जुटाउन साँझ ६ बजेसम्मको समय दिएको छ । आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा छैंठो दिनसम्म लम्बिएको छ ।

बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको छ । पछिल्ला तीनदिनदेखि सहमति नेतृत्व ल्याउनका लागि प्रयास भइरहेपनि चयन हुन भने सकेको छैन । सहमति खोज्नका लागि निर्वाचन आयोगले तीनपटकसम्म निर्वाचनका कार्यतालिका संशोधन गरेको छ ।

वाईसीएलको नयाँ नेतृत्वमा सहमति जुटाउन पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ । उपमहासचिव बस्नेत, वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, संगठन अध्यक्ष सुवोध शेर्पाली सहमति खोज्न बैठक बसिरहेको वाईसीएलका अध्यक्ष शेर्पालीले जानकारी गराए ।

वाईसीएलका अध्यक्ष शेर्पालीले शुक्रबार नयाँ नेतृत्व चयन हुने दाबी गरे । ‘पार्टीले हामीलाई छ बजेसम्मको समयसीमा दिएको छ । अध्यक्षको दाबी गर्नेसँग पार्टीका नेताहरुले पनि सहजीकरण गरिरहनुभएको छ,’ शेर्पालीले अनलाइनखबरसँग भने ।

आकांक्षीहरुसँग पार्टी उपमहासचिव बस्नेत र संगठनका इञ्चार्ज दीपशिखाले संवाद गरिरहेका छन् । पार्टी सचिवालय बैठकले सर्वसम्मतबाट नेतृत्व ल्याउन सुझाव दिएको थियो । वाईसीएल नेताहरुका अनुसार अध्यक्षका आकांक्षी १३ जनाबाट घटेर ३ मा आइपुगेको छ ।

तीन जनामा एकले अर्कोलाई छोड्न तयार नहुँदा सहमति जुट्न नसकेको संगठनका एक नेताले जानकारी गराए । संगठन स्रोतका अनुसार केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामी वीचमा सहमति जुटाउने प्रयास भइरहेको छ । कुँवर वर्तमान समितिमा उपाध्यक्ष, ओली उपमहासचिव छन् भने पुलामी सचिव हुन् ।

अध्यक्षको नाममा सहमति जुटेपछि अन्य पदमा समस्या नहुने संगठनका नेताहरुले बताएका छन् । ‘अध्यक्षको विषय टुगिंनासाथ अरु पदमा कुरा मिलिहाल्छ,’ शेर्पालीले भने । निर्वाचन आयोगका अनुसार तेस्रो सम्मेलनका लागि १५३४ प्रतिनिधि सहभागी भएका छन् ।

उम्मेदवारको अन्तिम नामावलीको समय साँझ ५ः२० बजेका लागि तय गरिएको छ । मतदानको समय भने कार्यतालिकामा राखिएको छैन । निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गर्दा मतदानको समय ‘तत्कालीन अवस्था अनुसार’ हुने सूचना निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?