
News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालयले २४ जेठ शनिबार इद उल फितरको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ।
- इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाड हो र रमजानको उपवासको समाप्तिमा मनाइन्छ।
- विज्ञप्तिमा भनिएको छ, ‘यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका मुस्लिम र सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरिन्छ।’
२३ जेठ, काठमाडौं । सरकारले भोलि (शनिबार) सार्वजनिक बिदा दिने भएको छ ।
मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘…मिति २०८२ साल जेठ २४ गते शनिबार (सार्वजनिक विदाका दिन बकर ईद (ईद-उल-अज्हा) परेको व्यहोरा जानकारी हुन आएको हुँदा यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा मन्त्रालयको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछ।’
इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।
रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।
हेर्नुहोस् गृहमन्त्रालयको विज्ञप्ति :
प्रतिक्रिया 4