+
+
Shares

तीन हजार बढी नेपालीले पोर्चुगल छाड्नुपर्ने

पोर्चुगलको कानुनअनुसार अस्वीकृत आवेदकहरूलाई स्वेच्छिक रूपमा देश छोड्न २० दिनको समय दिइन्छ । उक्त अवधिमा उनीहरूले देश नछोडेमा जबरजस्ती निष्कासनको उपाय अपनाउन सक्छ ।

कपिलदेव खनाल कपिलदेव खनाल
२०८२ जेठ २३ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगल सरकारले ३ हजार २ सय ७९ नेपालीलाई स्वच्छिक रूपमा देश छाड्न सूचित गरेको छ।
  • आवेदन अस्वीकृत हुनेमा भारतीय नागरिकहरू बढी छन् र उनीहरूलाई २० दिनको समय दिइएको छ।
  • आप्रवासीको व्यवस्थापनका लागि प्रक्रिया जारी रहेको र थप आवेदनहरूको छानबिन भइरहेको छ।

२३ जेठ, लिस्वन । पोर्चुगलले ३ हजार भन्दा बढी नेपालीको अस्थायी आवास अनुरोध अस्वीकार गर्दै देश छाड्न सूचित गरेको छ । अस्थायी आवास हुँदै नागरिकता समेत प्राप्तिमा सामेल हुनसक्ने यो प्रक्रियाबाट ३ हजार २ सय ७९ नेपालीहरू बाहिरिएका छन् ।

अब उनीहरुले यो जुन महिनाको तेस्रो हप्तासम्म स्वच्छिक रुपमा पोर्चुगल छाड्नुपर्नेछ ।

नेपाली सहित ३३ हजार ९ सय ८३ जनालाई पोर्चुगल सरकारले आप्रवासी आवेदन अस्वीकार भएको जानकारी सहित देश छाड्न सूचित गरेको छ । यो संख्या हाल अस्थायी आवासको लागि पोर्चुगल सरकारलाई आवेदन दिएकामध्ये कागज छानबिनमा रहेकाहरूको १८ दशमलव ५५ प्रतिशत हो ।

पोर्चुगलको कानुनअनुसार अस्वीकृत आवेदकहरूलाई स्वेच्छिक रूपमा देश छोड्न २० दिनको समय दिइन्छ । उक्त अवधिमा उनीहरूले देश नछोडेमा जबरजस्ती निष्कासनको उपाय अपनाउन सक्छ ।

यसरी आवेदन अस्वीकृत हुनेमा सबैभन्दा बढी भारतीय नागरिक रहेका छन् । संख्याका हिसाबले नेपाल चौथोे नम्बरमा पर्छ । धेरै आवेदन अस्वीकृत हुने पाँच देशको नाम र संख्या समेत पोर्चुगल सरकारका एक मन्त्रीले सार्वजनिक गरेका छन् । जसमा भारतीय १३ हजार ४ सय ६६, ब्राजिलियन ५ हजार ३ सय ८६, बंगलादेशी ३ हजार ७ सय ५०, र पाकिस्तानी ३ हजार ५ जना आप्रवासी छन् ।

अन्य ५ हजार भन्दा बढी नागरिकहरु विभिन्न मुलुकका रहेका छन् ।

पोर्चुगल सरकारले केही दिन अघि गरेको प्रेस सम्मेलनमा यो जानकारी सार्वजनिक गरिएको थियो । पोर्चुगल मन्त्रिपरिषद्का एक मन्त्री एन्टोनियो लेइटाओ अमारोले आप्रवास कार्ययोजनाको प्रगतिबारे जानकारी गराउँदै उक्त तथ्य सार्वजनिक गरेका हुन् ।

आवेदन अस्वीकार हुनुको कारणमा आप्रवासीले सूचना पठाउँदा जवाफ नदिएको, कागजात पूरा नभएको, आपराधिक रेकर्डजस्ता नियमहरू पालना नगरेको बताइएको छ ।

आप्रवासीको व्यवस्थापन गर्ने यहाँका एजेन्सी ‘आइमा’ले १ लाख ८४ हजार ५९ आवेदनहरूको प्रक्रिया पूरा गरेको छ ।

मन्त्रीका अनुसार मे महिनाको सुरूमा १८ हजार आप्रवासीहरूलाई देश छाड्न सूचना दिइएको थियो । र अहिले यो संख्या ह्यात्तै बढेको छ । आइमाले अझै बाँकी रहेको झण्डै २ लाख आवेदनहरू माथि छानबिन गर्ने छ । जसले गर्दा यसरी आवास अनुरोध अस्वीकार भएर पोर्चुगल छाड्नुपर्नेहरूको संख्या अझ बढ्ने छ ।

लेखक
कपिलदेव खनाल

कपिलदेव खनाल पोर्चुगलमा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?