
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कार्यविभाजन गरेको छ।
- बैठकले संगठनको आन्तरिक मजबुती र विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति तय गरेको छ।
- उक्त निर्णयलाई नयाँ ऊर्जा र रणनीतिक धारको रूपमा लिइएको संगठनले जनाएको छ।
२३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कार्यविभाजन गरेको छ ।
२७ माघ २०८१ मा बसेको केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णयलाई संगठनले आज सार्वजनिक गरेको हो ।
उक्त बैठकले उपत्यका विशेष प्रदेश समिति इन्चार्जको जिम्मेवारी निरोज श्रेष्ठलाई दिइएको छ । श्रेष्ठलाई काठमाडौं उपत्यकाभित्र विद्यार्थी संगठन विस्तार, आन्दोलन सञ्चालन तथा संगठनात्मक समन्वयको मुख्य नेतृत्व दिने निर्णय भएको छ ।
बैठकले संगठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्यविभाजन गरिएको बताइएको छ ।
बैठकमा विभिन्न प्रदेश, विभाग र जिल्लाको इन्चार्जको जिम्मेवारीहरू पनि तोकिएको र निकट भविष्यमै संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ ।
संगठनले उक्त निर्णयलाई नयाँ ऊर्जा र रणनीतिक धारको रूपमा लिएको जनाएको छ।
प्रतिक्रिया 4