+
+
Shares

पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष मुछिनुभएको छैन : घनश्याम भूसाल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २४ गते १४:४४

२४  जेठ, बुटवल ।  नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जलिको जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन् ।

उनले आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर, अख्तियारले दाबी गरेजस्तो अनियमिततामा संलग्न नरहेको उनको भनाइ छ ।

गृहजिल्ला रूपन्देहीको तिलोत्तमामा पार्टी कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव भूसालले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारले नै तामेलीमा राखिसकेको मुद्दालाई बदलाको भावनाले अगाडि बढाइएको बताए । ‘ओली जि आफ्ना विरोधीलाई ८४ सम्म सकाउन लाग्नुभएको छ, त्यही सिलसिलाका रूपमा पार्टी अध्यक्षमाथि बदलाको स्वरूप मुद्दा चलाइएको हो’, उनले भने ।

उनले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि सरकारले प्रतिशोध साँधेको बताउँदै पार्टी अध्यक्षमाथि पनि त्यही नियति दोहोरिएको बताए । ‘८४ सम्म एमाले र कांग्रेसका मात्रै उम्मेदवार हुने वातावरण  बनाउन खोजिएको छ, त्यो पूरा हुदैन’, उनले भने ।

उनले पार्टीमाथि भएको आक्रमणलाई चिर्न अनुरोध गरे । उनले वर्तमान नेतृत्व असफल हुदा मुलुकमा निराशा देखिएको बताउँदै यसबाट मुक्ति पाउन सुशासन र रोजगारी मूल ऐजेन्डा हुनुपर्ने बताए ।

उनले वर्तमान सरकारकै कारण सडकमा पुनरउत्थानवादी शक्ति देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?