+
+
Shares

हुलाक सेवालाई आधुनिकीकरण गर्नु जरुरी छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई विविधिकरण गरी व्यवसायीकरण गर्नु जरुरी रहेको धारणा राखे । उनले हुलाक सेवाको पुनःसंरचना आवश्यक भएको बताए ।

रासस रासस
२०८२ जेठ २४ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवाको आधुनिकीकरण आवश्यक भएको बताएका छन्।
  • उनले हुलाकलाई प्रविधिमैत्री र व्यवसायिक बनाउन सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरे।
  • कार्यक्रममा हुलाक सेवा पुनःसंरचनाका लागि विविधिकरण र व्यवसायीकरण आवश्यक रहेको सुझाव दिइएको थियो।
२४ जेठ, मोरङ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवाको आधुनिकीकरण जरुरी भएको बताएका छन् । हुलाक सेवा विभागद्वारा आज विराटनगरमा आयोजना गरेको हुलाक सेवा विभागको पुनसंंरचना विषयक अन्तरक्रियामा उनले राणाशासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी सेवा प्रवाह राम्रो बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री गुरुङले भने, ‘बदलिँदो परिवेशअनुसार संस्था चल्नुपर्छ, हुलाकलाई जनताको सेवामा प्रयोग गर्नुपर्छ, सेवासँगै व्यापार गर्न जरुरी छ ।’ उनले हुलाक सेवालाई व्यवस्थित गर्न वार्षिक क्यालेन्डरअनुसार काम गर्न सुझाव समेत दिए । उनले हुलाक सेवालाई प्रविधिमैत्री बनाउन सरकारले सहयोग गर्ने समेत उल्लेख गरे ।
मन्त्री गुरुङले हुलाकलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै  द्रुत गति कुरियर सेवा विश्वका १९३ वटै देशमा पुर्‍याउन आवश्यक रहेको बताए । मन्त्री गुरुङले इकमर्शका माध्यमबाट जनतासेवा दिनमा ध्यान केन्द्रित राख्नुपर्ने सुझाव दिँदै हुलाकले व्यवसायका विस्तार गरी आत्मनिर्भर हुनुपर्ने टिप्पणी गरे ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई विविधिकरण गरी व्यवसायीकरण गर्नु जरुरी रहेको धारणा राखे । उनले हुलाक सेवाको पुनःसंरचना आवश्यक भएको बताए ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले हुलाक सेवालाई नयाँ उचाइमा पुर्‍याउनु आवश्यक भएको बताउँदै यसलाई व्यवसायीकरण गरी आत्मनिर्भर बनाउनु पर्ने आवश्यकता औँल्याए ।
विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनी, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वजर राईलगायतले हुलाक सेवालाई भरपर्दो र विश्वसनीय र व्यापारमा विविधिकरण गर्न पुनःसंरचना जरुरी रहेको सुझाव दिए । कार्यक्रममा प्रदेशका विभिन्न हुलाक कार्यालय, विभिन्न संगठनका प्रतिनिधिहरुको सहभागिता थियो ।
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?