
२५ जेठ, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनमा लगाइएको २ प्रतिशत विलासिताको कर र हिरा जुवाहरत र पत्थरको १३ प्रतिशत कर खारेज गर्न माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायी मैत्री ऐन जारी गर्न पनि माग गरेका छन् । आफ्ना मागमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार न्युरोड गेटदेखि इन्द्रचोक डबलीसम्म र्याली निकालेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4