
News Summary
Generated by OK AI. Editorially reviewed.- २५ जेठमा काठमाडौंमा प्रभु बैंक र होटल यार्शाबीच सम्झौता भयो।
- सम्झौताअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीले जिरीको होटल यार्शामा छुट पाउनेछन्।
- यस अफरले ग्राहकलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ।
२५ जेठ, काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
दोलखा जिरीमा रहेको होटल यार्शासँगको यो अफर जिरी नगरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।
यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटल यार्शाका कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
यी छुट अफरले ग्राहकलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग पुग्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4