+
+
Shares

स्वास्थ्य अनुसन्धान परिषद् अध्यक्षमा डा. थापा 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अध्यक्षमा डा. नारायण बिक्रम थापा नियुक्त भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा. नारायण बिक्रम थापालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अध्यक्षमा नियुक्त गरेका छन्।
  • डा. गेहनाथ बरालको कार्यकाल सकिएपछि डा. थापालाई मन्त्री पौडेलले अध्यक्षमा नियुक्त गरेका हुन् ।

२५ जेठ, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् अध्यक्षमा डा. नारायण बिक्रम थापा नियुक्त भएका छन् ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै चार वर्षका लागि अध्यक्ष पदमा थापालाई नियुक्त गरेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार यसअघि अध्यक्ष रहेका डा. गेहनाथ बरालको कार्यकाल सकिएपछि मन्त्री पौडेलले थापालाई सो पदमा नियुक्त गरेका हुन् ।

डा. थापा नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?