News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुर क्यान्सर अस्पतालले गाउँगाउँमा पुगेर महिलाको स्वास्थ्य परीक्षण गरिरहेको छ।
 - शनिबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा एकैदिन एक हजार महिलाले पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ गराएका छन्।
 
२२ जेठ, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले गाउँगाउँमा पुगेर महिलाको स्वास्थ्यमा समस्याका रूपमा बढ्दै गएको पाठेघर र स्तन क्यान्सर सम्बन्धी स्क्रिनिङ गरिरहेको छ ।
भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा. उज्ज्वल चालिसे नेतृत्वमा भक्तपुर क्यान्सर अस्पतालका डाक्टरहरू शिविर लिएर गाउँगाउँ पुगिरहेका छन ।
यस्तै क्रममा शनिबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित नगर अस्पतालमा आयोजना गरिएको शिविरमा एकैदिन एक हजार महिलाले पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ गराएको अस्पतालले जनाएको छ ।
भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा साथी फाउन्डेसन नेपाल, बाह्रबिसे नगरपालिका र इलेक्ट्रो पावर कम्पनीको सहकार्यमा सञ्चालन गरिएको शिविरमा परीक्षण गरिएका एक हजारमध्ये करिब ३७० जना महिलाको नमुना परीक्षण लिइएको थियो।
साथी फाउन्डेसन नेपालका अध्यक्ष बलदेव तिमल्सिनाका अनुसार परीक्षण गरिएका एक हजारमध्ये करिब ३७० महिलाको नमुना परीक्षण लिइएको थियो ।
शिविरमा सहभागी महिलाको सामान्य स्वास्थ्य परीक्षण, भिडियो एक्स–रे, स्तन र पाठेघर स्क्रिनिङ लगायत सेवा दिइएको बाह्रबिसे नगर पालिकाका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
परीक्षणमा सहभागी ३७० महिलामा विभिन्न किसिमका स्वास्थ्य समस्या पत्ता लागेका छन् भने ७ महिलामा पाठेघरसम्बन्धी गम्भीर समस्या देखिएकाले थप उपचारको सिफारिस गरिएको डा. चालिसेले जानकारी दिए।
जटिल र उपचारमा महंगो रोग क्यान्सरको रोकथाम र उपचारको शिविर सञ्चालन हुँदा ठूलो संख्यामा स्थानीय महिला प्रत्यक्ष लाभान्वित हुने अवसर पाएको नगरपालिका उपप्रमुख मञ्जु तामाङले बताइन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4