+

ओलम्पियन सन्तोषी इन्टरनेसनल एथलेट फोरममा सहभागी हुने

२०८२ जेठ  २६ गते १२:०१ २०८२ जेठ २६ गते १२:०१
ओलम्पियन सन्तोषी इन्टरनेसनल एथलेट फोरममा सहभागी हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन्तोषी श्रेष्ठले १२ औं इन्टरनेसनल एथलेट फोरममा भाग लिन स्विट्जरल्यान्डको लुजान जाने भएकी छन्।
  • नेपाल ओलम्पिक कमिटीले उनलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेको छ।
  • सन्तोषीले गत वर्ष पेरिस ओलम्पिकमा म्याराथन दौडिएकी थिइन् र शनिबार काठमाडौंमा २५ के रेस जितिन्।

२६ जेठ, काठमाडौं । नेपाली ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले १२ औं इन्टरनेसनल एथलेट फोरममा भाग लिने भएकी छन् । इन्टरनेसनल एथलेट फोरम आउने बुधबार र बिहीबार स्विट्जरल्यान्डको लुजान सहरमा आयोजना हुँदै छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पियन म्याराथन धाविका सन्तोषीलाई आइतबार बिदाइ गरे ।

एनओसीका उपाध्यक्ष अशोक वज्राचार्य, एनओसीका सचिव रामकृष्ण श्रेष्ठ र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठलगायतले पनि धाविका श्रेष्ठलाई शुभकामना दिए ।

सन्तोषीले गत वर्ष फ्रान्समा भएको पेरिस ओलम्पिकमा म्याराथनमा दाैडिएकी थिइन् ।

सन्तोषीले शनिबार हेरिटेज काठमाडौं २५के रेस जितेकी थिइन् ।

सन्तोषी श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय