+
+
Shares

अखिल (क्रान्तिकारी)ले तीन महिने अभियान चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल (क्रान्तिकारी)ले जेष्ठ २५ देखि भाद्र २५ सम्म तीन महिने विद्यार्थी अभियान सञ्चालन गर्ने योजना बनाएको छ।
  • उपाध्यक्ष मदन ढकालले अभियानको लक्ष्य आधारभूत तहभन्दा माथिका शिक्षण संस्थामा संगठन निर्माण र पाँच लाख सदस्यता वितरण रहेको बताए।
  • अभियानले नयाँ सदस्यता, नवीकरण र विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप विरुद्ध संघर्ष कार्यक्रम सञ्चालन गर्नेछ।

२६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी)’ अभियान संचालन गर्ने भएको छ । तीन महिने अभियान जेष्ठ २५ देखि भाद्र २५ सम्म संचालन हुने संगठनका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी गराए ।

आधारभूत तह भन्दा माथिका सबै शिक्षण संस्थाहरुमा संगठन निर्माण गर्ने अभियानको लक्ष्य राखिएको छ । एक इकाई एक प्रशिक्षण, प्रत्येक संगठन सशक्त जन परिचालन, एक संगठन एक संघर्ष, प्रत्येक सदस्य संगठित सदस्य, हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालय लगायतका अभियानको उद्देश्य भएको ढकालले जानकारी गराए ।

अभियान अवधिभरी नयाँ सदस्यता र नवीकरण सहित पाँच लाख सदस्यता वितरण गर्ने अखिल (क्रान्तिकारी) ले जनाएको छ । विश्वविद्यालयमा बढ्दै गइरहेको राजनीतिक हस्तक्षेप बन्द गर्न संघर्षको कार्यक्रम संचालन गरिने ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?