+
+
Shares

काठमाडौंको सानो भर्‍याङ र स्युचाटारमा चोरी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १४:०७
प्रतिकात्मक तस्वीर

२६ जेठ, काठमाडौं । काठमाडौंका दुई फरक ठाउँमा चोरी भएको छ । नागार्जुन नगरपालिका–२ सानो भ‍र्‍याङ डेरा गरी बस्ने दाङ तुलसीपुर नगरपालिका–१९ घर भएका २४ वर्षीय ज्ञानेन्द्र महराको कोठामा चोरी भएको छ ।

उनको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ ।

यसैगरी नागार्जुन नगरपालिका–१० स्युचाटार डेरा गरी बस्ने कञ्चनपुर घर भएका ४० वर्षीय लोक राज जोशीको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?