
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘सिटामोल’ का तीन नयाँ पोस्टर सार्वजनिक भए, जसमा कलाकारहरूको विभिन्न लुक्स देखाइएको छ।
- उनीहरूले बैशाखीको साहाराले निराश भावमा हिँडिरहेको देखिन्छन्, र फिल्म साउन २३ गते प्रदर्शन हुनेछ।
- फिल्मले नेपाली जनजीवन र परम्परागत संस्कारलाई चिरफार गर्न खोजेको निर्देशक र निर्माता बताउँछन्।
काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र करण नेपाली फिचर्ड छन् ।
दोस्रोमा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र क्यारेक्टर लुक्समा प्रस्तुत छन् । तेस्रोमा सौगातलाई एक्लै फिचर्ड गरिएको छ ।
उनी बैशाखीको साहाराले निराश भावमा कतै हिँडिरहेको देखिन्छ । सार्वजनिक पोस्टरले दर्शकमाझ फिल्मप्रति उत्सुकता थप्ने विश्वास निर्माण टिमको छ ।
साउन २३ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डीसीको पनि अभिनय छ ।
‘सिटामोल’मार्फत् निर्माता तथा निर्देशकले आमनेपालीको जनजीवन र परापूर्वकालदेखि जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको सन्देश दिएका छन् ।
तुलसीदेवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको पटकथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोलकुमार कार्की र विकासराज जोशी निर्माता हुन् ।
अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् । बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य, बन्दे प्रसादको सम्पादन, रङ् संयोजनमा राजेन्द्र मोक्तान, ध्वनि नियन्त्रकमा मुकेश शाह, एक्सन कोरियोग्राफरमा देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई र दिव्य सुवेदी छायांकार हुन् ।
प्रतिक्रिया 4