+
+
Shares

काठमाडौं जिल्ला अदालतमा न्यायपरिषद्‌को आकस्मिक निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १७:१७

२६ जेठ, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले जिल्ला अदालत काठमाडौंको आकस्मिक अनुगमन गरेका छन् । प्रधानन्यायाधीश राउतले न्यायपरिषद्‌का कर्मचारीहरुको साथमा जिल्ला अदालतमा पुगेर निरीक्षण गर्नुका साथै सेवाग्राहीसँग कुराकानी गरेका हुन् ।

पछिल्लो समय काठमाडौं जिल्ला अदालतमा विचौलियाको चलखेल बढेको अनि सेवाग्राहीहरु मर्कामा परेको भनी गुनासो बढेको न्यायपरिषद्‌ स्रोतले बतायो । त्यही आधारमा प्रधानन्यायाधीश राउत काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

न्यायालयमा हुने विकृती एवं विसंगतिको उजुरीमाथि न्यायपरिषद्‌ले छानबिन गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?