+
+
Shares

संसद्‍मा एमाले खोज्दै रास्वपा

रास्वपा उपसभापित स्वर्णिम वाग्लेका अनुसार अवरुद्ध संसद्‍ खुलाउने विषयमा एमालेले पहल लिएको छैन । बरु नेपाली कांग्रेसले पहल लिइरहेको उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १९:००
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले संसद्‍को गतिरोध खुलाउने विषयमा एमालेको भूमिका खोजेको छ।
  • वाग्लेले एमालेबाट आधिकारिक पहल नआएको बताए र खोजिरहेको बताएका छन्।

२६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्‍को अवरोध खुलाउने विषयमा सरकारको नेतृत्व गरेको दल नेकपा एमालेको भूमिका खोजेको छ । १३ जेठदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने सम्बन्धमा सत्तारुढ दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादी पार्टी निरन्तर छलफलमा छन् ।

रास्वपा उपसभापित स्वर्णिम वाग्लेका अनुसार अवरुद्ध संसद्‍ खुलाउने विषयमा एमालेले पहल लिएको छैन । बरु नेपाली कांग्रेसले पहल लिइरहेको उनको भनाइ छ ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले सदनको गतिरोध खुलाउने विषयमा एमालेबाट अहिलेसम्म आधिकारिक एप्रोच नआएको बताए ।

पत्रकारले वाग्लेलाई ‘सदनको गतिरोध खुलाउने छलफलमा एमाले देखिएन भनेर सोधेका थिए । जवाफमा वाग्लेले भने- एमालेलाई त खोज्दै छु म पनि । बाहिर घाम लागिरहेको छ ।’ एमालेको भूमिका अन्य ठूला दलले खोज्नुपर्ने उनको आग्रह छ ।

प्रतिपक्ष दलबाट अवरोध हुँदै आएको संसद्‍ खुलाउने विषयमा सत्ता घटक दल कांग्रेसले भने दुई पटक बोलाएर आफूहरूसँग छलफल गरेको उनले बताए ।

उनले भने, ‘सायद उहाँहरू सत्तारुढ दलभित्रै कुरा गरिराख्नुभएको होला । या यो गृहमन्त्री कांग्रेसकै हुनुभयो, कांग्रेसले नै ठूलो दलको हिसाबले पहलकदमी गर्नू भनेको पनि हुनसक्छ । निम्तो नपाएको ठाउँमा हामी जाने गरेको छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?