
News Summary
Generated by OK AI. Editorially reviewed.- इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचमा मनोनित फिल्म र फिल्मकर्मीलाई प्रमाणपत्र वितरण गरियो।
- अवार्ड कार्यक्रम १३ सेप्टेम्बरमा लण्डनमा आयोजना हुनेछ र १७ विधामा मनोनयन सार्वजनिक गरिएको छ।
- निर्णायक मण्डलले प्राप्त उत्कृष्ट पाँचको नतिजा निश्पक्ष र पारदर्शी रहेको अवार्ड संयोजकले बताए।
काठमाडौं । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचमा मनोनितलाई प्रमाणपत्र वितरण गरिएको छ ।
सोमबार होटल र्याडिसनमा आयोजित पत्रकार सम्मेलनमा मनोनित फिल्म र फिल्मकर्मीलाई प्रमाणपत्र बाँडियो । यो अवार्ड कार्यक्रम १३ सेप्टेम्बरमा लण्डनमा आयोजना हुँदैछ ।
२०८१ सालको असार मसान्तपछि प्रदर्शनमा आएका फिल्ममध्येबाट १७ विधामा उत्कृष्ट ५ छनोट गरिएको हो । गौरी मल्ल संयोजक, रमेश बुढाथोकी र करुण थापा सदस्य रहेको जुरीको समूहले मनोनयन तयार पारेको हो ।
निर्णायक मण्डलबाट प्राप्त उत्कृष्ट पाँचको नतिजा निश्पक्ष र पारदर्शी रहेको अवार्ड संयोजक मनीष कार्कीले बताए । फिल्मको माध्यमबाट कला, साहित्य, भाषा संस्कृतिको प्रवर्धन गर्दै अवार्डको स्तरलाई विश्वमाझ देखाउन सकिने हिसाबले इन्फाको दोस्रो संस्करण आयोजना गरिएको कार्कीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नीर शाह, कृष्ण मल्ल, जीतु नेपाल, दीपाश्री निरौला, नीता ढुंगाना, वर्षा सिवाकोटी, पुष्प खड्का लगायतका फिल्मकर्मीले कार्यक्रम सफलताको शुभकामना दिए । अवार्डलाई विश्वसनीय बनाइने इन्फा नेपालका अध्यक्ष सुनिल श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे ।
१७ विधामा मनोनयन सार्वजनिक गरेपनि २६ विधामा अवार्ड बाँडिने जनाइएको छ । अभिनेत्री शर्मिला मल्ललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने सो अवसरमा जानकारी दिइयो ।
जुरी, पपुलर, पर्फमर अफ दि एयर र पब्लिक च्वाइससहित कूल २६ विधामा अवार्ड बाँडिने भएको छ । इन्फा इभेन्टस् युके र इन्फा नेपालको आयोजना, मनु मिडियाको सहकार्यमा सेप्टेम्बर १३ (भाद्र २८) मा लण्डनको ग्रिनफोर्ड हल अवार्ड समारोह आयोजना हुनेछ ।
प्रतिक्रिया 4