
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘इन्फा अवार्ड २०२५’को मनोनयन सार्वजनिक भएको हो, जसमा १७ विधामा उत्कृष्ट नेपाली फिल्महरू समेटिएका छन्।
- अवार्डको आयोजना २८ भदौमा लण्डनमा हुनेछ र अवार्डलाई निष्पक्ष बनाउन संस्था प्रतिबद्ध रहेको बताइएको छ।
- अवार्डको दोस्रो संस्करण सेप्टेम्बर १३ मा लण्डनको ग्रिनफोर्ड हलमा आयोजना हुनेछ।
काठमाडौं । नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘इन्फा अवार्ड २०२५’को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । इन्फा इभेन्ट्स र इन्फा नेपालले २८ भदौमा लण्डनमा कार्यक्रम गर्न लागेका हुन् ।
गौरी मल्ल संयोजक रहेको जुरीको सदस्यमा रमेश बुढाथोकी र करुण थापा छन् । २०८१ सालको असार १४ गते प्रदर्शनमा आएका फिल्मलाई समेटेर १७ विधामा मनोनयन सार्वजनिक गरिएको हो । यस्तो छ मनोनयन सूची :
फिल्म
अञ्जिला- मुन लभ इन्टरटेन्मेन्ट
छक्कापन्जा ५– आमा सरस्वती मूभिज
कार्साङ– यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्
पूर्णबहादुरको सारङ्गी– सेभेन सिज इन्टरटेनमेन्ट
तेलभिसा– वेलडन क्रियसन
निर्देशक
अञ्जिला– मिलन चाम्स
छक्कापन्जा ५– दीपाश्री निरौला
कार्साङ– यम शेर्पा
पूर्णबहादुरको सारङ्गी– सरोज पौडेल
तेलभिसा– शंकर घिमिरे
अभिनेता
दयाहाङ राई– कार्साङ
दीपकराज गिरी– छक्कापन्जा ५
जीतु नेपाल– ज्वाइँ साब
प्रदीप खड्का– पिताम्बर
विजय बराल– पूर्णबहादुरको सारंगी
अभिनेत्री
स्वस्तिमा खड्का– बेहुली फ्रम मेघौली
वर्षा सिवाकोटी– छक्कापन्जा ५
नीता ढुंगाना– ह्रस्वदीर्घ
उपासनासिंह ठकुरी– खुस्मा
मलिका महत– सतीदेवी
पटकथा
प्रदीप भारद्धाज, यम थापा र गिरिराज घिमिरे– अञ्जिला
दीपकराज गिरी– छक्कापन्जा ५
यम शेर्पा– कार्साङ
विवेक महर्जन र दीर्घ धामी– आउट ल– दफा २१९
महेश दवाडी– पूर्णबहादुरको सारंगी
सम्पादक
मिलन श्रेष्ठ– अञ्जिला
विपिन मल्ल– छक्कापन्जा ५
साहिल खान– आउट ल– दफा २१९
बन्दे प्रसाद– पिताम्बर
सुरेन्द्र पौडेल– पूर्णबहादुरको सारंगी
छायाकार
नरेन्द्र मैनाली– एक्टर टेक वन
हरि हुमागाईं– छक्कापन्जा ५
पुरुषोत्तम प्रधान– कार्साङ
दीपक बज्राचार्य– खुस्मा
पुरुषोत्तम प्रधान– पिताम्बर
खलनायक
दिव्यदेव पन्त– एक्टर टेक वन
प्रमोद अग्रहरि– पिताम्बर
सुमन भण्डारी– आउट ल– दफा २१९
कविराज भाम – द्रौपदी
नाजिर हुसेन– देवी
सह–अभिनेता
केदार घिमिरे– छक्कापन्जा ५
कामेश्वर चौरासिया– रेशम फिलिली
जितु नेपाल– कार्साङ
सौगात मल्ल– पिताम्बर
मुकुन भुसाल– पूर्णबहादुरको सारंगी
सह–अभिनेत्री
सिर्जना सुब्बा– अञ्जिला
दीया मास्के– कार्साङ
सुरक्षा पन्त– पिताम्बर
सीता घिमिरे –सानो संसार
ऋचा घिमिरे– तेलभिसा
नव–अभिनेता
प्रिन्स थापा– एक्टर
विवेक कर्माचार्य– वर एण्ड वधु
रवि ओड– द्रौपदी
पारस बम ठकुरी– होस्टेल ३
उत्पल झा– सारंग
नव–अभिनेत्री
दिव्या रायमाझी– एक्टर टेक वन
एञ्जिला तुम्बापो सुब्बा– अञ्जिला
सिम्रन खड्का– बेहुली फ्रम मेघौली
सिर्जना निङलेखु– कार्साङ
शिक्षा संग्रौला– आउट ल– दफा २१९
द्वन्द्व निर्देशक
राजु तामाङ– ह्रस्वदीर्घ
चुल्ठे काजी– आउट ल : दफा २१९
हिमाल केसी– पिताम्बर
श्री श्रेष्ठ– रावायण
सम्राट बस्नेत– ताण्डवम्
नृत्य निर्देशक
सुनिल क्षेत्री र गम्भीर बिष्ट– छक्कापञ्जा ५
प्रदीप लामा– फेरि रेशम फिलिली
सुष्मा सुनाम– ह्रस्वदीर्घ (उठेर नाचिस्यो)
गम्भीर बिष्ट– ज्वाइँ साब (कसम बत्तीको)
सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगर– खुस्मा (रुकुम मैकोट)
कविराज गहतराज– पिताम्बर (म त फ्यान भएँ यार)
पाश्र्व गायन
प्रताप दास– तिमीसँग (वर एण्ड वधु)
विकास लिम्बु– तिमीले माया नमारे (ह्रस्वदीर्घ)
एसडी योगी– रुकुम मैकोट (खुस्मा)
सुरज पण्डित– च्यातिएको चोली (लाज शरणम्’
आशिष अविरल– रैया चाँदीको (पूर्णबहादुरको सारंगी)
संगीतकार
थानेश्वर गौतम– रात किन हुन्छ हजुर (अञ्जिला)
अर्जुन पोखरेल– तिमी सँग (वर एण्ड वधु)
एसडी योगी– रुकुम मैकोट (खुष्मा)
वसन्त उदास– च्यातिएको चोली (लाज शरणम्)
आशिष अविरल– रैया चादीको (पूर्णबहादुरको सारंगी)
पाश्र्व गायिका
शान्तीश्री परियार– रुकुम मैकोट (खुस्मा)
अन्जु पन्त– तिमीसँग (वर एण्ड वधु)
अस्मिता अधिकारी– यो माया बनाउने को हो ( छक्कापञ्जा ५)
मेलिना राई– रैया चाँदीको (पूर्णबहादुरको सारंगी)
इन्द्रकला राई– उडायो मन (बेहुली फ्रम मेघौली)
लाइफटाइम अचिभमेन्ट, जुरी, पपुलर, पर्फमर अफ दि इयर र पब्लिक च्वाईस अवार्ड गरि कूल २६ विधामा अवार्ड प्रदान गरिने अवार्ड संयोजक मनिष कार्कीले बताए । अवार्डलाई निश्पक्ष बनाउन संस्था प्रतिबद्ध रहेको उनले बताए ।
गतबर्ष पनि लण्डनमा सम्पन्न भएको अवार्डको दोस्रो संस्करण सेप्टेम्बर १३ मा लण्डनकै ग्रिनफोर्ड हलमा आयोजना हुनेछ । जहाँ नेपालबाट चर्चित कलाकारहरुको उपस्थिती रहने जनाइएको छ । अवार्ड आयोजनाको बेलायतको समितिमा उमेश मोक्तान, टंक भट्टराई, राज पाण्डे र आशिष पन्त छन भने नेपालतर्फ सुनिल श्रेष्ठ, मनोज केसी, पाल्देन लामा, मनिष कार्की छन् ।
प्रतिक्रिया 4