+
+
Shares

‘भ्वाइस किड्स’को चौंथो सिजन शुक्रबारदेखि, यस्तो छ मर्मस्पर्शी प्रोमो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते २१:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘भ्वाइस किड्स’को चौैंथो सिजन आगामी शुक्रबारदेखि प्रसारण हुने निश्चित भएको छ।
  • प्रोमोले नयाँ सिजनको झलक र प्रतियोगी सत्यराजको मर्मस्पर्शी प्रस्तुति देखाएको छ।
  • सिजन जेठ ३० देखि प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ।

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’को चौैंथो सिजन आगामी शुक्रबारदेखि प्रसारण हुने भएको छ । सोमबार नयाँ सिजनको मर्मस्पर्शी प्रोमो सार्वजनिक भएको छ ।

२ मिनेट लामो प्रोमोले नयाँ सिजनबारे संक्षिप्त झलक दिन्छ । पिता तथा भजन शिरोमणी भक्तराज आचार्यको बहुचर्चित एवं कालजयी गीत ‘मुटु जलिरहेछ’मा प्रतियोगीले प्रस्तुति दिइरहँदा उनका छोरा, कोच तथा गायक सत्यराजले आँसु बगाएको दृश्य निकै मर्मस्पर्शी देखिन्छ ।

स्टेजमा यो गीतमा प्रस्तुति दिइरहँदा कुर्सीबाट कोच मिलन नेवार उठ्छिन् र सत्यराजलाई भक्तराजबारे ‘उहाँको गीत संगीत सदा अमर छ’ भनेर भन्छिन् । माहोल मार्मिक देखिन्छ ।

‘बुवाको संगीत ७, ८ वर्षको बच्चामा जीवित छ भनेपछि हामीले केही गर्न सकेका छैनौं’ सत्यले भनेका छन् । कोच खेम सेन्चुरी र मेलिना राई पनि त्यहाँ छन् र सत्यलाई ढाडस दिइरहेका छन् । सत्यले यो सिजनबाट कोचको रुपमा भ्वाइस ज्वाइन गरेका हुन् ।

त्यसपछि भ्वाइसओभर सुनिन्छ- ‘गीत गाउन सहज होला । महसुस गराउन निकै कठिन छ । तरपनि यो मंच अब तयार छ । गीतहरू महसुस गराउन ।’ प्रोमोमा उल्लेख भएअनुसार जेठ ३० देखि चौंथो सिजन प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?