+
+
Shares

पोखरामा ‘महाभोज’ हेरेपछि सहकारी पीडित : दबाबमा दृश्य काँटछाँट नगरियोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा निर्देशक दिनेश राउतको फिल्म ‘महाभोज’को प्रिमियर भएको हो।
  • प्रिमियरमा कलाकार, अधिकारी र सञ्चारकर्मी सहभागी थिए र दर्शकले प्रशंसा तथा आक्रोश व्यक्त गरे।
  • फिल्मले सहकारी अपचलनको कथा प्रस्तुत गरेको प्रतिक्रिया सकारात्मक र आलोचनात्मक दुवै रहेको छ।

पोखरा । दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’लाई पोखरामा प्रिमियर गरिएको छ । काठमाडौंपछि पर्यटकीय राजधानी पोखरामा यो सोसल ड्रामा फिल्मको प्रिमियर गरिएको हो ।

प्रिमियरमा प्रमुख कलाकार आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक राउत, निर्माता हिमाल कडरिया लगायत सहभागी थिए ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडित, विभिन्न क्षेत्रका व्यक्तित्व र संचारकर्मीले दर्शकको रुपमा फिल्म हेरे ।

फिल्म हेरेपछि दर्शकले कथा, वाचन शैली र कलाकारको अभिनयको प्रशंसा गरे । प्रशंसासँगै दर्शकमा एक प्रकारको आक्रोश पनि देखिएको थियो । यो आक्रोश सहकारी अपचलनतर्फ लक्षित थियो ।

केही दर्शकले कसैको दबाबमा फिल्मका दृश्य काँटछाँट भएमा त्यसो गर्नेको विरुद्धमा आफूहरू उभिने चेतावनीसमेत दिए । ‘महाभोज’ले सहकारी पीडितको कथालाई विस्तृतमा प्रस्तुत गरेको प्रतिक्रिया काठमाडौंमा केही दिनअघि आयोजित प्रिभ्यु शोबाट पनि प्राप्त भएको थियो, जहाँ दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए

यो फिल्म आगामी शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । बुटवल, विराटनगर र धरानमा पनि प्रिमियर समारोह आयोजना हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?