
News Summary
Generated by OK AI. Editorially reviewed.- बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको माग सुधारसँगै औसत आधार ब्याजदर २०८१ वैशाखमा बढेको हो।
- केन्द्रीय बैंकले जनाएको अनुसार, २०८१ चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.१७ प्रतिशत रहेको छ।
२७ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको मागमा समान्य सुधार आएसँगै औसत आधार ब्याजदर पनि बढेको छ । चालु आर्थिक वर्षको चैत महिनाको तुलनामा वैशाखमा बैंकहरूको औसत आधार दर बढेको हो ।
चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरूको औसत आधार दर २.२९ प्रतिशत पुगेको छ । तर, चालु आवको चैतमा बैंकहरूको औसत आधारदर ६.१७ प्रतिशत रहेको थियो ।
२०८१ चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.२९ प्रतिशत, विकास बैंकहरूको ८.३४ प्रतिशत र वित्त कम्पनीहरूको ९.१७ प्रतिशत रहेको छ ।
२०८० चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.५१ प्रतिशत, विकास बैंकहरूको १०.४१ प्रतिशत र वित्त कम्पनीहरूको १२.०२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
२०८१ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.४५ प्रतिशत, विकास बैंकहरूको ५.२२ प्रतिशत र वित्त कम्पनीहरूको ६.२४ प्रतिशत रहेको छ ।
२०८० चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत, विकास बैंकहरूको ७.५८ प्रतिशत र वित्त कम्पनीहरूको ८.८२ प्रतिशत कायम भएको थियो ।
त्यसैगरी, २०८१ चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.२२ प्रतिशत, विकास बैंकहरूको ९.५९ प्रतिशत र वित्त कम्पनीहरूको १०.४० प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
२०८० चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १०.५५ प्रतिशत, विकास बैंकहरूको १२.१७ प्रतिशत र वित्त कम्पनीहरूको १३.३६ प्रतिशत रहेको थियो ।
२०८० चैतमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.०० प्रतिशत रहेकोमा २०८१ चैतमा ३.०६ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० चैतमा ३.१० प्रतिशत रहेकोमा २०८१ चैतमा ३.०० प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4