
News Summary
Generated by OK AI. Editorially reviewed.- मनोज गजुरेलको स्थानमा प्रदीप भट्टराईलाई ‘कमेडी दरबार’को दोस्रो सिजनको १० औं एपिसोडबाट देखाइनेछ।
- भट्टराईले पछिल्लो समयको लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर गेस्टको रुपमा बोलाएकोमा टिमप्रति आभार व्यक्त गरे।
- शो निर्देशक श्रद्धा प्रसाईले गजुरेलको युरोप टुरको समयमा भट्टराईलाई निमन्त्रणा गरेको र उनले समय दिएकोप्रति आभार व्यक्त गरिन्।
काठमाडौं । टिभी शो ‘कमेडी दरबार’मा महाराजाको भूमिकामा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराईको प्रवेश भएको छ । गजुरेल एक महिना लामो युरोप टुरमा निस्किएकाले सो अवधिसम्मको लागि भट्टराईको इन्ट्री भएको हो ।
भट्टराईलाई जारी दोस्रो सिजनको १० औं एपिसोडबाट देख्न पाइनेछ । भट्टराईले पछिल्लो समयको निकै लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर गेस्टकै रुपमा भएपनि बोलाएकोमा टिमप्रति आभार व्यक्त गरेका छन् ।
शो निर्देशक श्रद्धा प्रसाईले गजुरेलको युरोप टुरको समयमा भट्टराईलाई आफूहरुले निमन्त्रणा गरेको र उनले समय दिएकोप्रति आभार व्यक्त गरिन् । भट्टराई नेपाली फिल्म निर्देशक हुन् भने कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’का जज समेत हुन् ।
तस्वीर : गोपीकृष्ण चापागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4