+
+
Shares

कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते ८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीमा लागुऔषधसहित ६ जना प्रहरी र समूहका सदस्यहरू पक्राउ परेका छन्।
  • प्रहरीले खैरो हेरोइनसहित प्रहरी जवान चिरञ्जीवी बिसी र कमल रिजाललाई पक्राउ गरेको छ।
  • अर्का पाँच जना पक्राउ परेका छन् र उनीहरूको साथबाट २१ ग्राम ८२० मिलिग्राम लागुऔषध बरामद भएको छ।

२८ जेठ, धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान समेतका ६ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले लागुऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिका-९ घर भएका प्रहरी जवान चिरञ्जीवी बिसीलाई पक्राउ गरिएको जानकारी दिए । उनको साथबाट ३८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

यस्तै गोदावरी नगरपालिका-५ को गेटाबाट २० वर्षीय कमल रिजाललाई पनि पक्राउ गरिएको छ । उनको साथबाट पाँच ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । रिजाललाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी सिंहले बताए ।

मंगलबार नै घोडाघोडी नगरपालिकाको सुखडबाट लागुऔषधसहित थप पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएराति करिब साढे १० बजेको समयमा विशेष सूचनाका आधारमा घोडाघोडी नगरपालिका-१ को सुखडबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घोडाघोडी-१ कै लक्ष्मीपुर बस्ने २० वर्षीय उमेश नाथ योगी, १९ वर्षीय विनोद मिजार, १९ वर्षकै दिनेशबहादुर बिष्ट र दुई जना १८ वर्षीय किशोर रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) सिंहले बताए ।

उनकाअनुुसार उनीहरुको शरीर खानतलासी गर्दा २१ ग्राम ८२० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?