+
+
Shares

७ महिनादेखि संसार हल्लाइरहेको गीत ‘एपीटी’ले राख्यो बिलबोर्डमा पनि रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘एपीटी’ के-पप गीतले ७ महिनादेखि लगातार युट्युबको ग्लोबल ट्रेन्डिङमा स्थान पाएको छ।
  • बिलबोर्डको ‘हट् १००’ मा ३३ हप्तासम्म समावेश रहँदै यो गीतले कीर्तिमान बनाएको छ।
  • गीतको लोकप्रियता कोरियाली खेल ‘अपाटेउ’ बाट प्रेरित भएको हो र यसले विश्वव्यापी चर्चा पाएको छ।

इतिहासमा यसअघि यस्तो कहिल्यै देखिएको थिएन । विश्व संगीतमा उथलपुथल ल्याउने गरि अहिले एउटा के-पप गीत ‘एपीटी’ ७ महिनादेखि लगातार युट्युबको ग्लोबल ट्रेन्डिङमा छ ।

विश्व संगीतका दुई स्टार- केपप ब्याण्ड ‘ब्ल्याक पिंक’की रोजी र अमेरिकी गायक ब्रुनो मार्सले सहकार्य गरेको यो गीतको गति अझै थामिने छाँटकाँट छैन ।

बुधबारसम्म यो गीतले बिलबोर्डमा कीर्तिमान रचेको छ । लगातार ३३ औं सातासम्म बिलबोर्डको ‘हट् १००’मा समावेश हुँदै यो गीतले कीर्तिमान रचेको जनाइएको छ ।

फलस्वरूप, ‘एपीटी’ अब ‘बीटीएस’ गायक जिमिनको एकल हिट ‘हू’सँग ‘हट १००’ को इतिहासमा के-पप कलाकारको सबैभन्दा लामो चार्टिङ गीतको रूपमा बाँधिएको छ ।

यो गीतलाई अहिलेसम्म १ अर्ब ७० करोड पटक हेरिएको छ । यो गीतसँग कीर्तिमानका अन्य सूचीहरू छन् ।

‘एपीटी’ किन विश्वचर्चित बन्यो ?

‘एपीटी’ कोरियाली शब्द “아파트” को रोमानीकृत संक्षिप्त रूप हो, जसलाई अङ्ग्रेजीमा ‘अपाटेउ’ भनिन्छ । यो एक कोरियाली पेय खेलको नाम हो, जुन कोरियाका अपार्टमेन्टहरुमा खेल्ने गरिन्छ ।

एपीटी खेल खेल्न एक व्यक्तिले ‘अपाटेउ’ भन्नुपर्छ र त्यसपछि सबैले आफ्नो हात सर्कलको बीचमा राख्नुपर्छ । कोही एक अंक भनिरहेको हुन्छ, जसको हात तल छ, उसले त्यस अंकमा पुग्न आफ्नो हात माथि राख्नुपर्छ । जसले अन्तिम पटक हात माथि राख्छ, उसले एक शट लिनुपर्छ ।

यो हिट गीत रोजको नयाँ एकल एल्बममा संगृहीत छ, जसको शीर्षक ‘रोजी’ छ । यसरी एक खेललाई गीतमा परिणत गरेको रोज र ब्रुनो मार्सको ‘एपीटी’लाई युट्बुबको ग्लोबल ट्रेन्डिङ चार्टजस्तो उपलब्धिमा पुग्न केवल ५९ दिन लाग्यो । गीतमा समावेश गरिएका ‘क्याची’ शब्द र बिटले धेरैलाई लठ्यायो ।

नेपालमा समेत लामो समय यो गीत ट्रेन्डिङमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?