
प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सानेपास्थित एक घरबाट ८ लाख ३० हजार रुपैयाँ बराबरको चोरी भएको हो।
- शंकर झाको कोठाबाट सुन, चाँदी, मोबाइल र नगद चोरी भएको प्रहरीले जनाएको छ।
- चोरीमा संलग्नहरू फरार रहेका छन्।
२८ जेठ, काठमाडौं । ललितपुर महानगरपालिका–२ सानेपास्थित एक घरबाट ८ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ ।
सानेपा डेरा गरी बस्ने रौतहट माधवनारायण गाउँपालिका–२ घर भएका शंकर झाको कोठाबाट चोरी भएको हो ।
सुन तथा चाँदीका गरगहना, मोबाइल र नगद समेत गरी करिब ८ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको प्रहरीले बताएको छ ।
चोरीमा संलग्नहरू भने अहिलेसम्म फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4