
News Summary
Generated by OK AI. Editorially reviewed.- कास्कीको पोखरामा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा दुर्घटना हुँदा फेवातालमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
- उद्धार गरिएका व्यक्तिहरूमा भारतको बनारस घर बताउने दुई व्यक्ति र दुई पाइलट रहेका छन्।
२८ जेठ, काठमाडौं । कास्कीको पोखरामा ल्यान्डिङ गर्ने क्रममा दुई वटा प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् । प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको थियो ।
सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेश यादव र ३५ वर्षीय चन्दनकुमार पटेल र अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाईडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4