+
+
Shares

श्रम र रोजगारबारे महासंघ अध्यक्ष ढकाल र आईएलओ महासचिव होङ्बोबीच छलफल

ढकालले नेपालजस्ता देशका लागि विस्तारित व्यापार सुविधा, लगानी पहुँच सुधार वा प्राविधिक सहायता जस्ता उपाय अवलम्बन गर्नुपर्ने विषयलाई आईएलओले अन्तर्राष्ट्रिय छलफलमा उठाउनुपर्ने धारणा राखे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र आईएलओ महानिर्देशक गिल्बर्ट एफ होङ्बोबीच भेटवार्ता भएको छ ।
  • भेटमा अध्यक्ष ढकालले नेपालको निजी क्षेत्रको एकमात्र आधिकारिक रोजगारदाता संगठनका रूपमा महासंघले त्रिपक्षीय श्रम प्रणालीमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

२८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महानिर्देशक गिल्बर्ट एफ होङ्बोसँग भेटवार्ता भएको छ ।

११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा जेनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको थियो ।

ढकालले महासंघ मर्यादित श्रम र समावेशी आर्थिक वृद्धिका लक्ष्यमा प्रतिबद्ध रहेर काम गर्दै आएको बताए । उनले रोजगारदाता लक्षित सहयोग विस्तारमा जोड दिए ।

उनले आईएलओको निरन्तर सहयोगबाट नेपालका श्रमिक तथा उद्यम दुवैले ठोस प्रगति गर्न सक्नेमा आफू विश्वस्त रहेको र आगामी दिनमा थप सहयोगको अपेक्षा गरेको बताए ।

‘नेपाल सन् २०२६ मा अतिकम विकसित देशको श्रेणीबाट स्तरोन्नति हुँदैछ, त्यसपछि नयाँ व्यापार नियम लागु हुनेछन् । यसले हाम्रो निर्यात क्षमता र त्यससँग जोडिएका रोजगारीमा असर पर्न सक्छ । त्यसैले यो अवस्थामा हामीलाई सहयोगको खाँचो छ,’ उनले भने ।

उनले नेपालजस्ता देशका लागि विस्तारित व्यापार सुविधा, लगानी पहुँच सुधार वा प्राविधिक सहायता जस्ता उपाय अवलम्बन गर्नुपर्ने विषयलाई आईएलओले अन्तर्राष्ट्रिय छलफलमा उठाउनुपर्ने धारणा राखे ।

नेपालको निजी क्षेत्रको एकमात्र आधिकारिक रोजगारदाता संगठनका रूपमा महासंघले त्रिपक्षीय श्रम प्रणालीमा महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष ढकालले स्पष्ट पारे ।

उनले यस वर्षको आईएलओ प्रतिवेदनलाई स्वागत गर्दै भने, ‘यसको केन्द्रबिन्दुमा रहेको औपचारिकीकरण, श्रमिक सुरक्षाको मजबुतीकरण, र मर्यादित रोजगारी सिर्जना, यी सबै कुरा नेपालका लागि प्रत्यक्ष रूपमा सान्दर्भिक छन् ।’

उनले श्रमिक संगठनसँगको सहकार्यलाई मजबुत बनाउन महासंघले सामाजिक संवादका संरचित मञ्च स्थापना गरेको, द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको र औद्योगिक सम्बन्धमा सुधार ल्याउने प्रयासलाई उल्लेख गरे ।

आईएलओसँगको निरन्तर सहकार्यप्रति आभार प्रकट गर्दै अध्यक्ष ढकालले काठमाडौंस्थित आईएलओ कार्यालयबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

अध्यक्ष ढकालले नेपाललाई अनौपचारिक अर्थतन्त्रको औपचारिकीकरण प्रवद्र्धनमा ‘ग्लोबल च्याम्पियन’ देशमध्ये एकको रूपमा चयन गरिएको कुरालाई पनि स्मरण गर्दै यो मान्यताले महासंघको वर्षौंको प्रयासलाई सम्मानित गरेको विचार व्यक्त गरे ।

उनले नेपालको निजी क्षेत्रमा युवा, दक्ष जनशक्ति, बढ्दो डिजिटल सिप तथा जलविद्युत्, पर्यटन र सूचना प्रविधिजस्ता क्षेत्रमा राम्रो सम्भावना रहेको उल्लेख गरे ।

आईएलओका महानिर्देशक होङ्बोले महासंघसँगको आपसी सहयोग र सहकार्यका विषयमा आफू सकारात्मक रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?