
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढाएर १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ वैशाख ९ गते हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ।
- चाँदीको मूल्य १५ रुपैयाँ घटेर २ हजार १ सय ५० मा झरेको छ।
२९ जेठ, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदी उच्च मूल्यबाट प्रतितोला १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला २ हजार २६५ रुपैयाँ रहेको चाँदी आज २ हजार १ सय ५० मा झरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4