 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- साउथ स्टार राम चरणको फिल्म ’द इन्डिया हाउस’ को सेटमा पानीको ट्याङ्की फुटेर दुर्घटना भएको छ।
- घटना पानीको एक्सन दृश्यको छायांकनको क्रममा भएको र केही सदस्य घाइते भएका छन्।
- फिल्मको छायांकन रोकिएको छ र दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
भारतको हैदराबादमा रहेको साउथ स्टार राम चरणको आगामी फिल्म ’द इन्डिया हाउस’ को सेटमा दुर्घटना भएको बताइएको छ । सेटमा रहेको पानीको ट्याङ्की फुटेर बाढीको जस्तो अवस्था सिर्जना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
सेटमा भएका सबै सामग्री नष्ट भएका छन् । सबै सामान असरल्ल भएका छन् । यो दुर्घटना पानी प्रयोग गर्ने एक्सन दृश्यको छायांकनको क्रममा भएको थियो । पानीको ट्याङ्की फुटेपछि हजारौं लिटर पानी सुटिङ फ्लोरमा पोखियो । यो दुर्घटनाका कारण ‘द इन्डिया हाउस’को सम्पूर्ण सेट डुबेको जस्तो देखिन्थ्यो ।
उपकरणमा धेरै क्षति भएको छ । घटनामा एक सहायक कोरियोग्राफर र चालक दलका केही सदस्य पनि घाइते छन् । घाइतलाई अस्पताल लगिएको छ । घटनाको समयमा राम चरण सेटमा थिए कि थिएनन् भन्ने कुरा स्पष्ट छैन, तर फिल्मको छायांकन अहिलेलाई रोकिएको छ ।
హీరో నిఖిల్ సినిమా షూటింగ్లో భారీ ప్రమాదం
ది ఇండియన్ హౌస్ సినిమా షూటింగ్లో ఘటన
శంషాబాద్ సమీపంలో సముద్రం సీన్స్ తీసేందుకు ఏర్పాటు చేసిన భారీ వాటర్ ట్యాంక్ పగిలిపోవడంతో లొకేషన్ మొత్తం వరద
అసిస్టెంట్ కెమెరామెన్ కు తీవ్ర గాయాలు.. మరికొంత మందికి గాయాలు https://t.co/x98xY5eaKE pic.twitter.com/yLewxQTiQ7
— Telugu Scribe (@TeluguScribe) June 11, 2025
दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल छ । सेटमा पानी पसेपछि चालक दलका सदस्यले क्यामेरा र उपकरणहरू बचाउने प्रयास गरिरहेको देखिएको छ । क्लिपमा सम्पूर्ण सेट पनि पानीमा डुबेको देखिएको छ ।
यो फिल्म सन् २०२३ मा घोषणा गरिएको थियो । त्यसबेला तेलुगु सुपरस्टारले लन्डनमा फिल्मको टिजर पनि देखाएका थिए । यो फिल्म निर्माताको रूपमा राम चरणको पहिलो फिल्म हो । रिलिज मिति अहिलेसम्म घोषणा गरिएको छैन ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4