+
+
Shares

‘शार्क ट्यांक नेपाल’ पहिलो सिजनको प्रसारण असार १८ देखि

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को प्रसारण असार १८ गतेदेखि सुरु हुनेछ।
  • शोको पहिलो सिजनमा पाँचजना जज र २००१ देखि विश्वव्यापी रुपमा प्रसारित हुँदै आएको शोको नेपाल संस्करण हो।
  • शोले ३५ देखि ४० करोड रुपैयाँसम्मको लगानी उद्यमीहरूलाई जुटाउने लक्ष्य राखेको छ।

काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को प्रसारण असार १८ गतेदेखि सुरु हुने भएको छ । प्रत्येक बुधबार र बिहीबार राती ९ बजे शो प्रसारण हुने हिमालय टिभीले जनाएको छ ।

पहिलो सिजनमा आइएमई समूहका सहसंस्थापक हेमराज ढकाल, अग्नि ग्रुपका संस्थापक क्याबिनेट श्रेष्ठ, वैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह वैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगारिया र पद्मज्योति ग्रुपका निर्देशक सौरभ ज्योति सार्क (जज)को रुपमा छन् ।

सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रुपमा सुरु भएको यो शो अहिले विश्वकै ठूलो व्यावसायिक रियालिटी टिभी शो बनेको छ । सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको यो शोको नेपाल संस्करण ५४ औं फ्रेन्चाइज हो ।

शोको निर्देशकमा ‘हिमालय रोडिज’ फेम्ड सिमोस सुनुवार छन् । एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा १०० जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गरेका छन् । शोको छायांकन भैसकेको छ ।

शोका जजमार्फत ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइदिने जनाइएको छ । हिमालय टिभीले नेपालमा विभिन्न अन्तर्राष्ट्रिय रियालिटी टिभी शोहरूको उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ ।

द भ्वाइस अफ नेपाल, भ्वाइस किड्स, हिमालय रोडिज प्रसारण भइरहेका छन् भने यसैवर्ष अर्को अन्तर्राष्ट्रिय फेसन रियालिटी शो नेपाल नेक्स्ट टप मोडल पनि प्रसारण हुने तयारीमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?