
२९ जेठ, काठमाडौं । भारत गुजरातमा दुर्घटनामा परेको एयर इन्डियाको बोइङ ‘एआई १७१’ जहाज उडाइरहेका क्याप्टेन सुमित सभरवालले दुर्घटनाको ठिक अगाडि आपतकालीन अवस्थाको संकेत दिएको पाइएको छ ।
उनले एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँगको सम्पर्कमा ‘मे डे’ संकेत गरेका थिए । लगत्तै एटीसीले थप जानकारी पाउन सकेनन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो जहाजमा २ सय ४२ जना सवार थिए । जसमा २ सय ३० यात्रु र १२ जना चालकदलका सदस्य थिए ।
मे डे जहाज गम्भीर आपतकालीन अवस्थामा लिइने संकेत शब्द हो । सामान्यतया तीन पटक पाइलटले मे डे शब्द उच्चारण गरे जहाजको इन्जिन फेल भएको, आगो लागेको, अपहरणमा परेको वा अन्य गम्भीर संकट रहेको अवस्थाका रूपमा बुझिन्छ ।
त्यसपछि आकाशको आसपास रहेका अन्य जहाज र एटीसी मार्फत विमानस्थलमा आवश्यक सुरक्षा सतर्कता अपनाउने काम गरिन्छ । विमानस्थलमा दमकल, एम्बुलेन्स र उद्धारकर्मीलाई ‘अलर्ट’ गर्ने काम समेत सोही संकेतका आधारमा गरिन्छ ।
प्रतिक्रिया 4