
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको गुजरातस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना भयो।
- विमानमा २४२ जना सवार थिए, जसमा विभिन्न देशका नागरिकहरू थिए।
- भारतीय मिडियाले एक सय शव निकालेको जानकारी दिएका छन्।
२९ जेठ,काठमाडौं । भारतको गुजरात राज्यस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनाग्रस्त विमान चिकित्सहरू बस्ने आवासमाथि खसेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । जसमा ५२ जना बेलायती नागरिक र एक जना क्यानडेली नागरिक रहेको पुष्टि भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेको छ ।
यस्तै पोर्चुगलका ६ जना नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यले जनाएको छ ।
भारतीय मिडियाहरूका दुर्घटनाग्रस्त विमानबाट एक सय शव निकालेको दाबी गरेका छन् ।
भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।
हेर्नुहोस् तस्वीरहरू :
एयर इन्डिया विमान दुर्घटना अहमदावाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4