+
+
Shares

उडेको दुई मिनेटमै खसेको थियो एयर इन्डियाको विमान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १५:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी बोइङ कम्पनीको ‘बी७८७–ड्रिमलाइनर’ जहाज सन् २०१३ मा परीक्षण भएको थियो।
  • अहमदाबाद विमानस्थलमा सवारी दुर्घटना हुँदा २४२ यात्रु सवार एयर इन्डियाको विमान खस्दा उद्धार कार्य जारी छ।
  • प्रधानमन्त्री मोदीले नागरिक उड्डयन मन्त्रीलाई घटनाको जानकारी र आवश्यक सहयोग गर्न निर्देशन दिए।

२९ जेठ, काठमाडौं ।अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७–ड्रिमलाइनर’ जहाज हो । यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ हो ।

यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो । त्यसपछि २०१४ जनवरीमा बोइङले यो जहाज एयर इन्डियालाई हस्तान्तरण गरेको थियो ।

अहमदावाद विमानस्थल समुद्र सतहबाट २ सय फिट उचाइमा अवस्थित छ । जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको थियो । जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो ।

धावनमार्ग छाडेको दुई मिनेट नहुँदै जहाज दुर्घटनाग्रस्त भएको थियो ।

नागरिक उड्डयन मन्त्रीसँग प्रधानमन्त्री मोदीले गरे टेलिफोन कुराकानी

अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री रममोहन नायडूसँग टेलिफोनमा कुरा गरेका छन् ।

मन्त्रीको कार्यालयका अनुसार नायडु अहिले अहमदाबाद जाँदै छन् र उद्धार तथा राहत कार्यको निरीक्षण गर्ने इन्डिया टुडेमा उल्लेख छ ।

प्रधानमन्त्री मोदीले तुरुन्त आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् र घटनाको अपडेट नियमित रूपमा दिन भनेका छन्। सबै सम्बन्धित एजेन्सीहरू उच्च सतर्कतामा छन् र समन्वयका साथ उद्धार कार्य चलिरहेको छ ।

विमान दुर्घटनापछि अहमदाबाद विमानस्थलमा उडान सेवा अस्थायी रूपमा रोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?