+
+
Shares

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १४:३८
Photo Credit : PTI

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अहमदाबादको मेघानी विमानस्थल नजिकै विमान दुर्घटना भएको हो।
  • दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।

२९ जेठ, काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।

इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो ।

अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले लेखेको छ ।

बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ ।

दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?