
News Summary
Generated by OK AI. Editorially reviewed.- आयर इन्डियाको विमान गुजरातको अहमदावादमा दुर्घटनाग्रस्त भयो, जसमा २४२ जना यात्रु र चालक दल थिए।
- भारतीय मिडियाले एक सय शव निकालेको र विमान भारतीय समय अनुसार १ बजेर ३८ मिनेटमा उडेर दुई मिनेटमै भुईमा झरेको जनाएको छ।
- दुर्घटनाको शोकमा एयर इन्डियाले आफ्नो सामाजिक सञ्जाल र वेबसाइट कालो र ब्ल्याक एण्ड ह्वाइट बनाएको छ।
२९ जेठ,काठमाडौं । लण्डन जाँदै गरेको एयर इण्डियाको विमान गुजरातको अहमदावादमा दुर्घटनाग्रस्त भएपछि शोकमा डुबेको छ । शोक स्वरूप एयर इन्डियाले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा कालो बनाएको छ ।
यसका साथै उसले आफ्नो आधिकारिक वेबसाइट पनि ब्ल्याक एण्ड ह्वाइट बनाएको छ ।
दुर्घटनाग्रस्त विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । जसमा ५२ जना बेलायती नागरिक र एक जना क्यानडेली नागरिक रहेको पुष्टि भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेको छ ।
यस्तै पोर्चुगलका ६ जना नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यले जनाएको छ ।
भारतीय मिडियाहरूका दुर्घटनाग्रस्त विमानबाट एक सय शव निकालेको दाबी गरेका छन् ।
भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।
एयर इन्डिया विमान दुर्घटना अहमदावाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4