+
+
Shares

भिजिट भिसा प्रकरण : लिखित प्रतिबद्धताका लागि कांग्रेस-एमाले तयार

नेकपा एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले छानबिन समिति बनाउने लिखित प्रतिबद्धता जाहेर गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन सहमति जनाए।
  • प्रमुख सचेतकहरूले लिखित प्रतिबद्धता जाहेर गरेका छन् र छलफल नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको हो।
  • प्रतिपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने प्रस्ताव राखेका थिए र संसद् बैठक साढे ५ बजेसम्मका लागि सरेको छ।

२९ जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस तयार भएका छन् ।

प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए संसद् खोल्न तयार रहेको बताएका थिए ।

सोही अनुसार नेकपा एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले छानबिन समिति बनाउने लिखित प्रतिबद्धता जाहेर गरेका हुन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको थियो ।

सो छलफलमा लिखित प्रतिबद्धता जाहेर गर्ने कांग्रेस र एमालेका प्रमुख सचेतकहरूले बताएको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

प्रतिपक्षी दलहरूको प्रस्तावमा सत्ता पक्षले छलफल गर्नुपर्ने भएपछि प्रतिनिधि सभाको बैठक साढे ५ बजेसम्मका लागि सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?