+
+
Shares

एयर इन्डिया विमान दुर्घटना : जमिनका १५ मानिस परेको आशंका

सरदार पटेल इन्टरनेसनल विमानस्थलबाट उडेको केही क्षणमै जहाज मेघानी नगर इलाकामा दुर्घटनामा परेको थियो । जहाज डाक्टरहरू बस्ने एक होस्टलमा खसेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एयर इन्डियाको ‘एआई १७१’ जहाज मेघानी नगर इलाकामा दुर्घटनाग्रस्त भयो।
  • उक्त जहाज अहमदावादबाट लन्डन जाँदै गर्दा दुर्घटनामा परेको हो, जसमा १५ जना डाक्टर घाइते भएका छन्।
  • सङ्ख्याका अनुसार, १६९ जना भारतीय नागरिकसहित अन्य विदेशी नागरिकहरू सवार थिए।

२९ जेठ, काठमाडौं । एयर इन्डियाको ‘एआई १७१’ जहाज दुर्घटनास्थल बस्तीमा भएको थियो । जसले गर्दा जमिनमा समेत मानवीय क्षति पुगेको देखिएको छ ।

सरदार पटेल इन्टरनेसनल विमानस्थलबाट उडेको केही क्षणमै जहाज मेघाणी नगर इलाकामा दुर्घटनामा परेको थियो । जहाज डाक्टरहरूको एक होस्टलमा खसेको थियो ।

उक्त जहाज अहमदावादबाट बेलायतको लन्डनस्थित ग्याटविक विमानस्थलका लागि उडेको थियो । जहाजमा सवार मानिस बाहेक १५ जना डाक्टर घाइते अवस्थामा अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२०/२५ जना भने दुर्घटना स्थलमा परेको एबीपी न्युजले स्थानीय पार्षदलाई उद्धृत गर्दै लेखेको छ । जहाजमा १ सय ६९ जना भारतीय नागरिक थिए । ५३ बेलायती, ७ पोर्चुगाली र १ जना क्यानडाका नागरिक सवार रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?