+
+
Shares

आपराधिक विश्वासघातका २ आरोपी पक्राउ

पक्राउ पर्नेहरूमा भारतको बिहार सितामढीका ४३ वर्षीय अमितकुमार र नुवाकोटको बेलकोटगढी नगरपालिका–६ का २९ वर्षीय अर्जुन दाहाल छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भारतको बिहार सितामढीका अमितकुमार र नुवाकोटको अर्जुन दाहाललाई ५७ लाख बराबरको ठगी र विश्वासघातको आरोपमा पक्राउ गरेको हो।
  • उनीहरूलाई २८ जेठ २०८१ मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
  • पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

२९ जेठ, काठमाडौं । ५७ लाख बराबरको ठगी तथा आपराधिक विश्वासघातका दुई आरोपी पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको बिहार सितामढीका ४३ वर्षीय अमितकुमार र नुवाकोटको बेलकोटगढी नगरपालिका–६ का २९ वर्षीय अर्जुन दाहाल छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले ५६ लाख ९६ हजार ५९७ रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघातको कसुर गरेको आरोप छ ।

उनीहरूविरुद्ध २८ जेठ २०८१ मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?