
२९ जेठ, काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वको प्रतिस्पर्धामा सुरुवाती अग्रता लिएका डा सुजन कडरियालाई प्रतिस्पर्धी प्रकाश पौडेलले उछिनेका छन् ।
केहीबेर अघिबाट जारी मतगणनामा पौडेलले ५१९ मत प्राप्त गरेका छन् भने कडरियाले ४८९ मत प्राप्त गरेका छन् ।
कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो ।
दुवै जना प्यानल सहित मैदानमा छन् । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।
पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4