+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १२:०१

३० जेठ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कति नेपालीले विदेशी नागरिकता लिए भन्ने तथ्याङ्क माग गरेका छन्

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्री आरजु राणासँग यस्तो विवरण माग गरेका हुन् ।

‘कति नेपालीले विदेशको नागरिकता लिए ? यसको रेकर्ड परराष्ट्र मन्त्रालयमा हुनुपर्छ’ साहले सोधे, ‘नेपालको नागरिकता कसले छोडिरहेको छ र कसले लिइरहेको छ यसको रेकर्ड के छ ? यो जान्न चाहन्छु ।’

साहले विदेशमा नेपाली ठगिरहेको भनेर पनि परराष्ट्रमन्त्री राणाको ध्यानाकर्षण गरे ।

‘विदेशमा नेपाली श्रमिकहरू छन् । उनीहरूले आफ्नो हक पाउनुपर्छ’ उनले भने, ‘खाडी मुलुकमा घरेलु कामदार सम्बन्धी कानुन छ कि छैन ? मानव जस्तो व्यवहार हुने वातावरण भएको ठाउँमा मात्रै कामदार जान सक्दछन् । यस निम्ति परराष्ट्र मन्त्रीको रुपमा के पहल गर्दै हुनुहुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?