+
+
Shares

वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १२:११

३० जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति गठन गरेको छ ।

समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी रहेका छन् । तीन वटै मन्त्रालयका सचिव समेत समितिमा रहेर काम गरिरहेका छन् ।

मन्त्री राणाका अनुसार समितिको बैठक दुई तीन पटक बसिसकेको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्ने क्रममा परराष्ट्रमन्त्री राणाले यस्तो जानकारी दिएकी हुन् ।

‘वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय प्रस्तुत गर्न समिति गठन भएको छ । गृहमन्त्री, श्रममन्त्री र परराष्ट्रमन्त्रीका साथै तीन वटै मन्त्रालयका सचिव बसेर गहनतम रुपमा छलफल गरेर के–के समस्या रहेछ भनेर हेर्ने हो’ उनले भनिन् ।

समितिले आफूले देखेको उपाय श्रम मन्त्रालयलाई दिनेछ । राणा थप्छिन्, ‘हामी दुई तीन राउण्ड बसिसकेका छौं ।’

कतिपय देशमा अन्य देशका नागरिकले भन्दा नेपाली कामदारले कम तलब पाउने अवस्था रहेको समेत उनले बताइन् ।

‘युएईमा नेपाली कामदारले पाउने अन्य मुलुकले पाउने भन्दा कम तलब रहेछ । अरुले १ हजार रियाल पाउने रहेछन् तर हाम्रो देशकाले ८ सय मात्रै पाउने रहेछ ।’

यस्ता समस्याको समाधानको उपाय समितिले सुझाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?