News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत बुझाउन अनुरोध गरेको छ।
- ठगीबाट बच्न र आर्थिक कारोबार पारदर्शी बनाउन विभागले नगद कारोबार नगर्न आग्रह गरेको छ।
- नगदमा कारोबार गरे कानुन अनुसार कारबाही हुने चेतावनी विभागले दिएको छ।
१७ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत बुझाउन अनुरोध गरेको छ ।
ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न म्यानपावर व्यवसायीलाई सेवा शुल्क वापतको रकम अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत बुझाउन अनुरोध गरेको हो ।
उक्त रकम बुझाएको प्रमाण, कागजात तथा अनलाइन कारोबार भएको विवरण आफूसँग सुरक्षित रुपमा राख्न समेत विभागले अनुरोध गरेको छ । नगद कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण पुर्याउन कठिन हुने भन्दै विभागले कसैसँग पनि नगदमा कारोबार नगर्न अनुरोध गरेको हो ।
म्यानपावर, त्यसका कर्मचारी तथा प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारमा जानका लागि या वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कार्य नगदमा नगर्न पनि अनुरोध गरिएको छ । म्यानपावर कम्पनीहरूलाई समेत वैदेशिक रोजगारीमा जाने श्रमिकसँग नगदमा कारोबार नगर्न भनेको छ ।
त्यसरी नगदमा कारोबार गरेको खण्डमा कानुन अनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।
प्रतिक्रिया 4