+
+
Shares

संसद अवरोध खुलाउन कांग्रेस, एमाले र माओवादी सहमत

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद अवरोध खोल्न नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले सहमति जनाए।
  • भिजिट भिसामा विदेश जानेको अपारदर्शी आर्थिक लेनदेनको विषयमा छानबिन गर्न सहमति भएको हो।
  • दलहरुले ३० दिनभित्र छानबिन समिति गठन गर्ने सहमति जुटाएका छन्।

३० जेठ, काठमाडौं । संसद अवरोध खुलाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरु सहमत भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र संसद अवरोध  खुलाउन सहमत भएका हुन् ।

नेताहरुका अनुसार भिजिट भिसामा विदेश जानेसँग हुने गरेको भनिएको अपारदर्शी आर्थिक लेनदेनको विषयमाथि वृहत्तर छानबिन गर्ने सहमति भएको छ । यो विषयमा विहीबार नै प्रमुख दलहरुबीच सहमति भएको थियो । त्यसलाई आज औपचारिकता दिने तयारी भइरहेको छ ।

नेताहरूका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गर्ने अनुसन्धानलाई सघाउने र भिजिट भिसाबारे विगतदेखि देखिएका समस्याबारेमा सरकारले आवश्यक अध्ययन छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि कदम चाल्ने विषयमा सहमति जुटेको छ ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि ३० दिन भित्र छानबिन समिति गठन गर्ने विषयमा सहमति जुटेको बताए । ‘सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने र हामीले अवरोध खुलाउने गरी सहमति भएको छ,’ सापकोटाले भने, ‘सम्भवतः आजै संसद चल्छ ।’

रास्वपा आन्तरिक छलफलमा

रास्वपाले भने यसबारे धारणा सार्वजनिक गरिसकेको छैन । रास्वपा अहिले आन्तरिक छलफलमा छ । रास्वपा नेता शिशिर खनालले आफूहरु आन्तरिक छलफलमा रहेकाले केहीबेरमा आधिकारिक धारणा दिने बताए ।

प्रमुख दलहरुले रास्वपाको आधिकारिक धारणा कुरिरहेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आजबाट संसदको अवरोध खुल्ने बताए । ‘तर हामी रास्वपाको आधिकारिक धारणा कुरिरहेका छौं,’ उनले भने ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले रास्वपाले नमाने पनि आजबाट संसद बैठक सन्चालन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?